दीपेन्द्र पुन लुम्बिनी सरकारको प्रवक्ता नियुक्त

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी सरकारमा ४ सदस्यीय मन्त्रिमण्डल गठन पश्चात् मुख्यमन्त्री जोखबहादुर महराले दीपेन्द्र पुनलाई सरकारको प्रवक्ता नियुक्त गरेका छन् ।

बिनाविभागीय मन्त्री पुनलाई लुम्बिनी सरकारको पहिलो बैठकले प्रवक्ता बनाएको हो। नेकपा माओवादी केन्द्रबाट टिकट नपाएपछि  पुन मंसिर ४,२०७९ को निर्वाचनमा रोल्पा १ को प्रदेश सभा (२) बाट स्वतन्त्र उम्मेदवार बन्दै लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई पराजित थिए। चुनाव जितेको केहि समयपछि पुन पुनः माओवादी केन्द्रमै फर्किएका थिए।

त्यस्तै बैठकले राप्ती गाउँपालिका-१ भालुबाङमा १५ बेडको अस्पताललाई चिकित्सकसहितको अस्पतालमा लैजाने निर्णय गरेको छ।

उक्त अस्पताललाई अर्थ मन्त्रालयले स्वीकृति दिसकेको हुँदा बैठक सो निर्णय गरेको प्रवक्ता पुनले जानकारी दिएका छन।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्