देउवाले बोलाए बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद बैठकमा पार्टी कसरी प्रस्तुत हुने बारेमा छलफल गर्न पदाधिकारी र पूूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् ।

देउवा निवासमा बसिरहेको बैठकमा संसद अवरोध र सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकका बारेमा छलफल हुने बताइएको छ।

साथै बैठकमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका बारेमा पनि छलफल हुने भएको छ। 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्