इलाम-बझाङ उपनिर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशित गरिने

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

इलाम । इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ।

त्यस्तै आज साँझ ५ बजेसम्म उम्मेदवारहरु विरुद्द परेको उजुरीमा छानबिन गर्ने कार्यतालिका रहेपनि ३२ जना उम्मेदवारहरुविरुद्द कुनै पनि उजुरी नपरेकोले छानबिन गर्न नपरेको आयोगले जनाएको छ।

यसैगरी आयोगले चैत २७ गते (भोलि) ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सकिने दिन तोकेको छ भने भोलि दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ। आयोगले भोलि साँझ ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने जनाएको छ।

इलाम-२ मा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र बझाङ-१ (१) नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन पछि उप निर्वाचन हुन लागेको हो। जस अन्तर्गत इलाममा २० र बझाङमा १२ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्