आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । घोडे जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा मनाइन्छ । 

जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कला प्रदर्शनी देखाउने गर्दछ । 

टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ । 

टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने गर्दछ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्