प्रस्तावित राजदुतका संसदीय सुनुवाइ अघि बढाउने निर्णय

बुधबार, साउन ३, २०८०

काठमाडौं । परराष्ट्र सेवाबाट ६ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ । 

गत असार २६ गते सरकारले लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड) का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरुको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । 

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्