लुम्बिनीको महिला फुटबल टोली चितवन प्रस्थान

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

लक्ष्मण बस्नेत/दाङ । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० मा भाग लिन लुम्बिनी प्रदेशको महिला फुटबल टोली आज  चितवन प्रस्थान गरेको छ ।

प्रदेश खेलकुद परिषद बागमतीको आयोजनामा चैत २६ गते देखि हेटौडामा हुने सुरु हुने प्रतियोगितामा भाग लिन लुम्बिनी प्रदेशको २० सदस्यीय महिला फुटबल टोले त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले बिदाई गरेको लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष तथा टिम म्यानेजर केशव चौधरी मिग्माले जानकारी दिए ।

बिदाई गर्दै सदस्य सचीव भट्टराईले  लुम्बिनी प्रदेश खेलकुदको गरिमालाई उच्च राख्ने गरि खेल प्रदर्शन गर्न खेलाडी लाई शुभकामना दिएका थिए । साथै उनले खेलकुद क्षेत्रमा प्रदेश खेलकुदले स्थापित गरेको गरिमा लाई अझ फाराकिलो पार्दै जितको अग्रिम शुभकामना दिएका थिए।

लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ । खेल बखान रंगशाला चितवन भरतपुरमा मंगलवार दिउँसो तीन बजे हुने प्रशिक्षक जनक केले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्