उपनिर्वाचनका कुनै पनि उम्मेदवारविरुद्द परेन उजुरी

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

इलाम। इलाम-२ र बझाङ -१(१) का कुनै पनि उम्मेदवारहरुविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा उम्मेदवारी दिएका ३२ जना उम्मेदवारहरुविरुद्ध उजुरी नपरेको आयोगले जानकारी दिएको छ।

आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारहरुविरुद्द उजुरी दिने कार्यतालिका भएपनि कसैले पनि उम्मेदवारहरुविरुद्द उजुरी नदिएका हुन् ।

इलाम-२ मा १२ राजनीतिक दल र ८ स्वतन्त्र गरि २० जनाले उम्मेदवारी दिएका थिए। त्यस्तै बझाङमा १२ जनाले उम्मेदवारी दिएका छन् ।

इलाम-२ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र  बझाङमा कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्