वेष्ट इन्डिजका रोडरिक नेपाली बलिङ कन्स्लट्यान्ट नियुक्त

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पछिल्लो समय वेष्ट इन्डिजको बी क्रिकेट टिमका  प्रशिक्षक रोडरिक इस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्स्लट्यान्ट नियुक्त भएका छन्।

आगामी टी-२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघले रोडरिकलाई नेपाली टोलीको बलिङ कन्स्लट्यान्ट नियुक्त गरेको हो।   ८ वर्ष वेष्ट इन्डिजको सिनियर टिममा काम गरेको अनुभव बटुलेका ६३ वर्षीय रोडरिकलाई नेपाली टोलीमा आएसँगै टोलीको बलिङमा ठुलो सुधार हुने अपेक्षा राखिएको छ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई र रोडरिकले वेस्ट इन्डिजमा सँगै कार्य गरिसकेको हुँदा दुबै एकसाथ काम गर्दा नेपाली तिब्र गतिका बलरलाई निकै राम्रो अवसर मिल्ने छ। 

उनलाई देशाईले स्वागत भारतमै स्वागत गरेका हुन् । भारतमै रहेको नेपाली राष्ट्रिय टोली उतैबाट एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्