प्रहरीतर्फ दुई डीआईजी पद स्वीकृत

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाईन महाशाखाका लागि दुई प्राविधिक डीआइजी पद राख्ने निर्णय गरेको हो। 

उक्त पदका लागि साइबर अन्तर्गत डीआईजीमा बढुवा गर्दा नविन्द अर्याल र केनाईनमा डा. देउती गुरुङले डीआईजी हुने अवसर पाउने छ्न। त्यो पदमा कार्यरत उनीहरुको पदावधि सकिएपछि स्वत: उक्त पद खारेज हुनेछ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्