गण्डकीका नवनियुक्त दुई मन्त्रीसहित मुख्यमन्त्रीले लिए शपथ

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  आजै मुख्यमन्त्री नियुक्त भए लगत्तै मुख्यमन्त्री अधिकारीले नियुक्त गरेका दुई मन्त्रीले पनि शपथ लिएका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भए लगत्तै शपथ लिएका हुन् ।

नेकपा एमाले गण्डकी संसदीय दलका नेता अधिकारीलाई आज दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्