लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले लिए शपथ, ४ सदस्यीय मन्त्रिमण्डल गठन

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

आज प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई प्रदेश प्रमुखले सपथ गराएका हुन् । महरा ४४ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

त्यसैगरी मुख्यमन्त्रीको शपथ लिए लगत्तै महराले मुख्यमन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्री महराले नेकपा एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन,र जनता समाजवादी पार्टीबाटो भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका छन् ।

उनीहरू सबौ विनाविभागीय मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुख शेरचनबाट आज दिउँसो नै शपथ लिएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महरालाई सत्ता गठबन्धनको माओवादीसहित नेकपा एमाले, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन छ।

 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्