एमालेका खगराज अधिकारी गण्डकीको मुखमन्त्री नियुक्त

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

पोखरा । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । 

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज गण्डकी एमाले संसदीय दलका नेता अधिकारीलाई संविधानको धारा १६८ (२)बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज बिहान मात्रै अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा मुख्यमन्त्रीका लागि दबी पेस गरेका थिए।

 

 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्