सेनाले डिस्पोज गर्यो सिनामंगलमा भेटिएको शंकास्पद बस्तु, एक जना पक्राउ

बुधबार, साउन ३, २०८०

काठमाडौं । काठमाडौँस्थित सिनामंगल पुल नजिक खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर राखिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले  बस्तु डिस्पोज गरेको छ । 

घटनास्थलबाट प्रहरीले एक जना शंकास्पद ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सेनाले डिस्पोज  गरेपछि अहिले यातायात चालु भइ स्थिति सामान्य भएको प्रहरीले जनाएको छ । 

आज बिहान शङ्कास्पद वस्तुसँगै एउटा  पर्चा पनि फेला परेको थियो।

पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’

 

 

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्