कांग्रेसले बनायो महामन्त्री शर्मा र साउदलाई उपनिर्वाचन परिचालन संयोजक

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दुई जनालाई चुनाव परिचालन संयोजक तोकेको छ।

इलाम-२ को उपनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई संयोजक तोकेको हो ।त्यस्तै बझाङका लागि नेता एनपी साउदलाई संयोजक तोकिएको  नेपाली कांग्रेसले जनाएको छ।

कांग्रेसबाट इलाम-२ मा इलाम सभापति डम्बरबहादुर खड्का र बझाङबाट स्व. पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंह उम्मेदवार छन् । बझाङ-१(१) मा पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

त्यसैगरि इलाम- २ मा नेकपा एमालेमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो।इलाम-२ मा २० जना र बझाङमा १२ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्