गण्डकीको मुख्यमन्त्री बन्न एमालेका खगराजको दाबी पेस

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको लागि नेकपा एमालेका खगराज अधिकारीले दावी पेस गरेका छन् । एमाले संसदीय दलका नेता अधिकारीले नेकपा माओवादीबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीब गुरुङ (दीपक मनाङे) लगायतको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले बहुमतसहित समर्थन जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दिएका थिए। 

मुख्यमन्त्री बन्न अधिकारीलाई एमालेसहित माओवादी , नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्