नेपालले आज भारतको गुजरातसँग फाइनल खेल्दै

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  भारतमा जारी एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेट प्रतियोगिताको फाइनल आज नेपाल र गुजरातबीच हुँदैछ। 

आज दिउँसो सवा १ बजे सुरु हुने फाइनलमा नेपाल बलियो टोलीहो। यसअघिका दुई खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रनले पराजित गरिसकेको छ। त्यस्तै नेपालले अर्को क्लब बरोडालाई पहिलो खेलमा २७ रनले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको हो।

नेपाल प्रतियोगिताम  ३ खेल जित्दै शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो।

आज नेपाली टोलीमा कप्तान रोहित पौडेल , कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, अभिनास बोहरा, करण केसी, अनिल साह र गुल्सन झा छन् । 

आगामी टी-२० विश्वकपको तयारी स्वरुप नेपालले भारतीय क्लबविरुद्द अभ्यास खेल खेलेको हो।

 

 

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्