उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj
इलाम निर्वाचन आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका बनाएको छ। आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर छानबिन गर्ने र उम्मेदवारको नामावली प्रकाशित गर्ने आयोगले जनाएको छ।
 
आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । 
 
त्यसैगरि चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
 
चैत २४ इलाम-२ मा २० जनाले उम्मेदवारी दिएका छन् । जसमा १२ राजनीतिक दलका र ८ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका हुन् । बझाङ-१ (१) मा १२ जनाले उम्मेदवारी दिएका छन् । 
 
 
 
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्