नेपालगञ्जको प्रभात मेमोरियलका व्यवस्थापन संकायका विद्यार्थी पुगे सन्तानेश्वर

शनिबार, चैत २४, २०८०

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित प्रभात मेमोरियल हाइस्कुलले कक्षा ११ र १२ का विद्यार्थीलाई नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेव मन्दिरको अवलोकन भ्रमण गराएको छ ।

नेपालगञ्ज-१० भृकुटीनगरस्थित प्रभात स्कुलले शैक्षिक क्रियाकलाप अन्तर्गत क्षेत्र अवलोकन भ्रमण गराउने क्रममा आफ्ना विद्यार्थीलाई सन्तानेश्वर लगेको हो ।

विद्यालयका प्रिन्सिपल गौरब गिरीका अनुसार चर्चित बन्दै गएको बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ झण्डाहवास्थित सन्तानेश्वर महादेव मन्दिर दर्शन र अवलोकनका लागि विद्यार्थीहरुलाई लगिएको हो । सन्तानेश्वर मन्दिर चुरे पर्वतको चुचुरोमा अवस्थित छ । हुलाकी राजमार्ग अन्तर्गत नरैनापुर-६  कोहलाबाट करिब ३ घण्टाको पैदलयात्रा गरेर सन्तानेश्वर पुगिन्छ । धार्मिक आस्था र प्राकृतिक दृश्यावलोकनका लागि यो ठाउँ चर्चित बनेको छ ।

प्रभातले कक्षा ११ र १२ मा ब्यवस्थापन संकाय अध्यापन गराइरहेको छ । शिक्षक र विद्यार्थीहरुको टोली सन्तानेश्वर पुगेको हो ।

IMG-20240323-WA00291712682054.jpg

IMG-20240323-WA00231712682057.jpg

IMG-20240323-WA00211712682057.jpg

IMG-20240323-WA00371712681856.jpg

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्