ललितपुरको सिक्मा मेटलमा आगलागी, एक जनाको मृत्यु

शनिबार, चैत २४, २०८०
Neuro hospital Nepalgunj

ललितपुर । ललितपुरस्थित हात्तिवनमा रहेको कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान ६ बजे ललितपुर-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी हुँदा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार जलेको शवको अझै पहिचान भएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा  विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्