उपनिर्वाचन: आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

शनिबार, चैत २४, २०८०
Neuro hospital Nepalgunj

इलाम ।  आगामी वैशाख १५ गते इलाम-२ र बझाङ -१ (१)  मा  हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै आज साँझ ६ बजे नै उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि प्रकाशित गरिने आयोगले जानकारी दिएको छ।

भोलि बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारविरुद्द उजुरी दिन सकिनेछ। त्यसैगरि चैत २६ साँझ  ५  बजेदेखि ६ बजेसम्म उम्मेदवार नामावलीमा प्रकाशित गरिनेछ।चैत २७ गते उम्मेदवारको नाम फिर्ता , उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह प्रदान गरिनेछ।

 

 

 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्