क्षेत्रीय सभालाई सम्बोधन गर्न शशांक कोइराला दाङ जाँदै

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला क्षेत्रीय सभालाई सम्बोधन गर्न दाङ जाँदैछन्।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले घोराहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्न पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता कोइराला भोलि दाङ जान लागेको नेपाली कांग्रेस दाङले जानकारी दिएको छ।

त्यस्तै कांग्रेसका अर्का नेता शंकर भण्डारी नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।

पूर्व महामन्त्री कोइरालाले वर्तमान राजनीतिक परिस्थिति र कांग्रेसको भुमिकाबारेमा सम्बोधन गर्ने बताइएको छ।

सम्बोधन गर्दैै वर्तमान राजनीतिक परिस्थिती र काँग्रेसको भूमिका बारेमा सम्बोधन गर्ने छन् । केही दिनअघि दाङ पुगिसकेका कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पनि सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्