लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

भालुबाङ(दाङ )। लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई आज दिउँसो  मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

महरा एमालेका २९, जसपाका ३, नेकपा एसबाट १ र १ स्वतन्त्रका साथै माओवादीका १० सांसद गरि ४४ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्