सुनसरीमा प्रहरीले चलायो ६ राउण्ड हवाइ फायर, दुई गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । सुनसरी जिल्लामा प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ।  जिल्लाको  हरिनगर गाउँपालिकाको भुटाहामा दुई समूहको झडप शान्त पार्न प्रहरीले हवाइ फायर गरेको हो।

हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीवार एसईईको परीक्षा भइरहदा एक युवकमाथि निर्घात कुटपिटको घटनाले भयावह रुप लिएपछि प्रहरीले अवस्था शान्त पार्न ६ राउण्ड हवाइ फायरका साथै ११ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको हो। 

उक्त घटना पश्चात् स्थानीय प्रशासनले १२ बजेदेखि हरिनगर गाउँपालिकाका सबै वडा  र देवानगन्ज गाउँपालिकाका १ र ७ नम्बर वडामा  अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको  छ।   प्रहरीका अनुसार झडपमा ४ जना घाइते भएका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्