बरोडाविरुद्दको खेलमा दीपेन्द्रसिंह ऐरीले नेपालको कप्तानी गर्दै

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  भारतमा जारी एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेट अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ।  लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरिसकेको नेपालले आज लिग चरणको अन्तिम खेल बरोडाविरुद्द खेल्न लागेको हो। 

नेपालले यसअघिका दुई खेलमा गुजरातलाई ८ विकेट र ८ रनले पराजित गरेको थियो। त्यस्तै नेपालले बरोडालाई पनि एक खेलमा पराजित गरिसकेको छ। प्रतियोगिताबाट बाहिरिसकेको बरोडाले आफ्नो अन्तिम खेल  नेपालसँग पौने ३ बजे खेल्नेछ।

अघिल्लो खेलमा बेन्चमा बसेका दीपेन्द्र सिंह ऐरीले नेपाली टोलीको कप्तानी गर्दैछन् । त्यस्तै करण केसीलाई टोलीमा समावेश गर्दा ललित राजवंशी र  आकाश चन्द पनि पहिलो पटक यो खेल खेल्दैछन् ।

आजको खेलमा कप्तान रोहित पौडेल , विकेट किपर आशिफ शेख, सोमपाल कामी र अभिनाश बोहरालाई फाइनलका लागि आराम दिइएको छ।

आज नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव,अनिल साह(किपर), करण केसी, ललित राजवंशी र  आकाश चन्द,गुल्सन झा र प्रतिश जिसी खेल्दैछन् ।

आगामी साता ओमानमा एसीसी प्रिमियर कप टी-२० हुँदैछ। उक्त प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल अहिले अभ्यासका क्रममा भारतमा छ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्