बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

बैतडी । ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बैतडीको झौलेखमा ट्याक्टर दुर्घटना हुँदा चालक र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जानकारी दिएको छ।

आज बिहान सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ झौलेखमा सडकदेखि २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा पहिचान नखुलेका चालक र ट्याक्टरमा सवार राजेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ भने चालकका बारेमा सोधपुछ भइरहेको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्