बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत भेटिए

बिहीबार, चैत २२, २०८०
Neuro hospital Nepalgunj

कैलाली । धनगढीको एक सामुदायिक वनमा प्रहरी जवान मृत फेला परेका छन। 

जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान सुरज विक धनगढी-७ स्थित मनेहरा सामुदायिक वनमा जामुनको रुखमा  झुन्डिएको अवस्थामा फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ।

दार्चुला शैल्यशिखर-९ घर भएर धनगढीमा परिवारसँग बस्दै आएका जवान विक बुधबार साँझ मृत फेला परेका हुन् । उनी बिदा लिएर धनगढी आएको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्