भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० को फाइनलमा नेपाल, गुजरात ८ रनले पराजित

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। आज भारतको गुजरातस्थित भापीमा भएको खेलमा  तेस्रो जितसहित नेपाल फाइनलमा पुगेको छ । 

नेपालले आक गुजरात क्रिकेट एसोसिएसनमाथि ८ रनको रोमाञ्चक जित हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । 

यसअघिका खेलमा एकतर्फी खेलेको नेपालले आजको खेलमा भने जितका लागि संघर्ष गरेको हो । 

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८१ रन बनायो । आसिफ शेखले ५१ बलमा ८५ तथा कुशल भुर्तेलले ४४ बलमा ६७ रन बनाए । 

जवाफमा गुजरातले ७ विकेटको क्षतिमा १७३ रन बनाउन सक्यो । कप्तान उमंग तान्डेलले २४ बलमा ४७ रन जोडे । त्यस्तै हरेश देसाईले १६ बलमा अविजित रहँदै २९ रन जोडे । नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले २–२ विकेट लिए । 

यसअघि भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । मंगलबार भएको दोस्रो खेलमा नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको थियो । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्