कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । प्रदेश सभा बैठकबाट मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् 

आज विश्वासको मत लिने भनिए पनि नेकपा माओवादी केन्द्रको निर्देशन अनुसार पदबाट उनले राजीनामा दिएका हुन् ।

नयाँ सत्ता गठबन्धनको भागबन्डा अनुसार कर्णालीको मुख्यमन्त्री नेकपा एमालेले पाउने सहमति भएको थियो। तर मुख्यमन्त्री  शर्माले राजीनामा नदिएर विश्वासको मत लिदै गर्दा केन्द्रबाट आएको निर्देशनबाट मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्