नेपाल 'ए' को आयरल्यान्डविरुद्द खराब प्रदर्शन, २१ रनले पराजित

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल 'ए' आयरल्याण्ड 'ए' (वोल्भ्स) सँग २१ रनले पराजित गरेको छ। आजदेखि सुरु भएको एक दिवसीय क्रिकेट श्रृंखलाको कृर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो । 

टी–२० श्रृंखलामा २–१ को हार बेहोरेको नेपालले तीन खेलको एक दिवसीय श्रृंखलामा पनि खराब शुरुआत गरेको हो । 

खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनायो । काडे कार्मिचेलले सर्वाधिक ५१ रन बनाए । कप्तान निल रकले ३९ रन बनाए । 

कमल ऐरीले ह्याट्रिकसहित २१ रन खर्चेर ४ तथा शहाब आलम र मौसम ढकालले २–२ विकेट लिए । त्यस्तै रिजन ढकालले १ विकेट लिए । 

जवाफमा नेपालले झन् कमजोर ब्याटिङ गर्यो । नेपाल २५.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो । शहाब आलमले ३४ बलमा सर्वाधिक ३७ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न म्याथ्यु हम्फेरेसले ५ तथा लियाम म्याकक्यार्थीले ४ विकेट लिए । 

नेपाल क्रिकेट संघ क्यानका अनुसार तीन खेलको श्रृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । 

यसअघि ए टिमले आपसमा तीन खेलको टी–२० श्रृंखला खेलेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो । 

नेपालको सिनियर टिम भारतमा अभ्याससहितको एसएमएस च्याम्पियनशिप खेलिरहँदा ए टिमले आयरल्याण्ड एसँग घरेलु मैदानमा अभ्यास गरिरहेको हो । 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्