गण्डकीमा ७ दिनभित्र बहुमतको सरकार बनाउन आह्वान

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि आह्वान गरेका छन् । 

आज दिउँसो प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२)बमोजिम गण्डकी सरकारमा दुई वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् ।

त्यस्तै गण्डकी सरकारमा बहुमत प्राप्त गर्न सक्ने दलहरुले यही चैत २७ गते दिउँसो ३ बजेभित्र दावी पेश गर्न भनिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्