कांग्रेस बैठकमा आज केन्द्रीय सदस्यले आफ्ना धारणा राख्दै

बुधबार, साउन ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । हिजोदेखि बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा आज केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने भएका छन् । 

आज बिहान ११ बजे बस्मे बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा १० मिनेट   समयका लागि आफ्नो धारणा रख्न पाउने भएका छन् ।   

केन्द्रीय कार्यालय सानेपामा हिजोदेखि बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो ।

सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए ।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ । 

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेका थिए।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्