नाउपा विवादमा उग्ररुप: सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसदबाट हटाउन रन्जिताको पत्राचार

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा विवाद उग्ररुप लिएको छ। पार्टी  अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीका संस्थापक रेशम चौधरी पक्षकी  प्रदेश सांसद इन्दिरा गिरीलाई सांसद पदबाट हटाउने निर्णय गरेकी छिन् । 

सुदूरपश्चिम प्रदेशकी समानुपातिक सांसद गिरीलाई कारबाही गर्दै प्रदेश सभामा सांसदबाट पदमुक्त गरिएको भन्दै पत्र पठाएकी हुन् । सांसद गिरी पार्टीको निर्णयविपरीत सरकारमा गएको भन्दै स्पष्टीकरण सोधिएकोमा गिरीले जवाफ नदिएकाले अध्यक्ष श्रेष्ठले पदबाट हटाउन भन्दै सभामा पत्र पठाएकी हुन् ।

आफू अध्यक्ष रहेकै अवस्थामा आफ्नो निर्देशन नमानेर संस्थापक रेशम चौधरी पक्ष सरकारमा गएपछि तत्काल फिर्ता हुन श्रेष्ठले दिएको निर्देशन नमानेपछि स्पष्टीकरण मागेकी हुन् ।

अहिले नाउपाका ७ मध्ये ५ सांसद सुदूरपश्चिम सरकारमा रहेपनि अध्यक्ष श्रेष्ठले कृषि राज्यमन्त्री रहेकी गिरीलाई सांसद पदबाट पदमुक्त गरेकी हुन् । सरकारमा रहेका अन्य मन्त्रीहरु सबै प्रत्येक्ष निर्वाचित हुँदा अध्यक्ष श्रेष्ठले उनीहरुलाई हटाउन नसक्ने हुँदा समानुपातिक सांसद गिरीलाई मात्र श्रेष्ठले पदमुक्त गरेकी हुन् ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्