लमहीमा दुई वटा बस एक आपसमा ठोक्किँदा १० जना घाइते

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको पूर्व पश्चिम राजमार्गस्थित लमही बजारमा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा  १० जना घाइते भएका छन् ।

आज बिहान  लमही-५ स्थित लमही बजारको होटेल हाईवे अगाडि पूर्व र पश्चिमतर्फबाट आउँदै गरेका दुई वटा बस एक आपसमा ठोक्किँएको लमही प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते भएका १० जनामध्ये २ जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ। अन्य घाइतेहरुको लमहीमा उपचार भइरहेको लमही प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्