कांग्रेसले चेतावनी दिदै भन्यो- संसदीय छानबिन समिति नबने संसद ठप्प हुन्छ

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको जनाएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।

कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले माग पूरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनामिना गरिएको बताए ।

शर्माले विगतमा संसद अवरुद्ध भएको र तोडफोडसमेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर प्रश्नसमेत गर्नुभयो । 

उनले आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपील गरे । नेपाली काँग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्