जीवी राई गृहमन्त्रीको सम्पर्कमा रहेको कांग्रेस महामन्त्री शर्माको ठोकुवा

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले  चेतावनी दिएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् ।

सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।

साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेकोसमेत दाबी गरेका छन् ।

उनले भने, ‘राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौँ तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’ 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्