भारतमा जारी फ्रेन्डसिप टी-२० कपमा आज नेपाल गुजरातसँग खेल्दै

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भारतमा जारी  एसएमएस फ्रेन्डसीप कप टी-२० क्रिकेट अन्तर्गत आज नेपाली टोली गुजरातसँग खेल्दैछ।

आज दिउँसो पौने ३ बजेदेखि सुरु हुने खेलमा नेपालले गुजरातलाई हराए एक खेल अगाडि नै आइतबार हुने फाइनलको यात्रा तय गर्नेछ।

गुजरातलाई नेपालले पहिलो खेलमा ८ विकेटले पराजित गरिसकेको छ। त्यस्तै नेपालले दोस्रो खेलमा बरोडालाई २७ रनले पराजित गरेको हो।

नेपालले शुक्रबार आफ्नो लिग चरणको अन्तिम खेल बरोडाविरुद्द खेल्नेछ। नेपालको कप्तानी रोहित पौडेलले गरिरहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्