सांसद दीपक गिरीको प्रश्न: एसईईसम्म आउँदा आधा विद्यार्थी कता हराए ?

मंगलबार, चैत २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०७० सालमा कक्षा एकमा देशभरी झण्डै साढे ९ लाख बालबालिका भर्ना भएकोमा अहिले दश वर्षपछि त्यसको आधा मात्रै विद्यार्थी एसईई परीक्षामा सहभागी भइरहेको बताएका छन्  ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले बाँकी आधा विद्यार्थी कता गए रु तिनलाई हामीले किन दश कक्षासम्म पनि रोक्न सकेनौ रु भन्ने  प्रश्न गरे । यस वर्षको एसईई परीक्षामा करीब ५ लाख विद्यार्थीहरु  सहभागी भइरहेका छन् । सांसद  गिरीले यो एउटा शैक्षिक संकटकालको अवस्था हो भन्दै  यसले नेपालको शिक्षा क्षेत्रको असली तस्वीर प्रस्तुत गरिरहेको बताए ।  

"अहिले पनि देशका कूल विद्यार्थी मध्ये झण्डै ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयहरुमा अध्ययन गर्छन् । सामुदायिक विद्यालयहरुको पठनपाठनको गुणस्तर सुधार गर्न र एक कक्षामा भर्ना भएका विद्यार्थीहरुलाई कमसेकम दश कक्षासम्म टिकाउन सरकारको योजना के छ ?," उनले प्रश्न गरे । एक रिपोर्ट अनुसार ४१ जिल्लामा कक्षा १ मा भर्ना भएका ५० प्रतिशत विद्यार्थी पनि १० कक्षाको अन्तिम परीक्षासम्म पुगेका छैनन् । १० वर्ष अघि २०७० मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले गत चैत १५ देखि सुरु भएको कक्षा १० को अन्तिम परीक्षा एसईई दिँदैछन् ।

परिवारको कमजोर आर्थिक अवस्था, बाल विवाह तथा पश्चिम नेपालमा काम खोज्न भारत पस्ने प्रवृत्तिले गर्दा धेरै बालबालिकाले ७, ८ कक्षाबाटै पढाई छाड्ने गरेको अध्ययनहरुले देखाएका छन् ।

तर, विद्यार्थीहरुलाई दश कक्षासम्म विद्यालय जाने वातावरण बनाउन कुनै पनि सरकारले अहिलेसम्म प्रभावकारी योजना ल्याउन सकेका छैनन् । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्