जनमुक्ति सेनाका पूर्व कमाण्डर खाम पक्राउ, चितवन अदालतमा उपस्थित गराइने

मंगलबार, चैत २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खाम राजधानीको ठमेलबाट पक्राउ परेका छन् ।

रामहरि श्रेष्ठका हत्या आरोपी माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेपछि फरार रहेका उनी काठमाडौँ १५ वर्षपछि पक्राउ परेका हुन् ।

उनलाई राजधानीको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको फरार सूचीमा १५ वर्षदेखि रहे पनि उनी खुलेआम नै थिए ।

उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुखसमेत हुन् ।अहिले आएर बल्ल पक्राउ पर्नुको कारण भने रहस्यात्मक छ ।

खामले व्यापारी श्रेष्ठलाई कोटेश्वरबाट चितवनको शक्तिखोर लगेको र त्यसपछि श्रेष्ठको शव नारायणीमा फेला परेको थियो। श्रेष्ठकी पत्नी खामविरुद्द जाहेरी दिएकी थिइन। फरार रहेका खामलाई  जिल्ला अदालत चितवनमा बुझाउने बताइएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्