एसीसी इमर्जिङ टिम्स एसिया कप:नेपाल आज यूएईविरुद्ध खेल्दै

बुधबार, साउन ३, २०८०

काठमाडौं। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेल नेपाल र  यूएईसँग खेल्दैछन। 

आज नेपाल यूएईसँ बिहान सवा १० बजे खेल्नेछ।

नेपाल आज यूएईसँग खेलिरहेपनि प्रतियोगिताबाट भने दुबै टोली बाहिरिसकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तानको 'ए' सँग ४ विकेट र दोस्रो खेलमा भारत 'ए' टिमसँग ९ विकेटले पराजित भएको हो। 

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्