कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

मंगलबार, चैत २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज दिउँसो नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।  प्रमुख प्रतिपक्ष दल कांग्रेसको बैठक दिउँसो २ बजे बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्न लागेको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बैठक बस्न लागेको बताए । 

आगामी बैशाख १५ इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा र बझाङ १ क मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ । 

आगामी शनिबार उम्मेदवारको मनोनयन पत्रको दर्ता समय तोकिएकामा अहिलेसम्म कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन । अन्य दलका प्रस्तावित उम्मेदवारहरु चुनावी क्षेत्रमा भोट माग्दै घरघरमा गइरहँदा कांग्रेसका आकांक्षीहरु भने दलका नेताहरुको घरमै जान व्यस्त छन् । 

यसअघि सभापति देउवाले उम्मेदवारको चयनका लागि हिजो दिउँसो आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीलाई छलफलमा बोलाएका थिए । 

इलाम २ मा यसअघि एमालेले जितेको थियो भने बझाङ १ क मा कांग्रेसले जितेको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्