बाँकेमा श्रीमान श्रीमतीबीच हतियार हानाहान, दुबै गम्भीर घाइते

सोमबार, चैत १९, २०८०
Neuro hospital Nepalgunj

बाँके  । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान र श्रीमतीबीच भएको आपसी झगडामा हतियार हानाहान हुँदा  दुबै जना गम्भीर घाइते भएका छन्। आपसमा हानाहान हुँदा गम्भीर घाइते भएका दुबै जनाको उपचार भइरहेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ३ बीगाउँका महेन्द्र रावल र श्रीमती रितासिंह ठकुरीका बीचमा घरकै कोठामा भएको हानाहानमा मासु काट्ने धारिलो हतियार 'दाउ' पनि प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । धारिलो हतियारले श्रीमतीको घाँटीमा काटेको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले श्रीमान र श्रीमती कोठामा झगडा गरेको सूचना पाएपछि प्रहरी पुगेर ढोका फोरेर हेर्दा दुवै जना बेहोस अवस्थामा रहेकाले उपचारका लागि नेपालगञ्ज ल्याइएको जानकारी दिए । दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुबैको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्