मंगलबार बस्दै छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

आइतबार, चैत १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक  मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने कांग्रेसले जनाएको छ । 

कांग्रेसले बैठकमा अजेन्डाको बारेमा केही बताएको नभए पनि समसामयिक विषयसँगै इलाम २ र बझाङमा उपनिर्वाचनका लागि उम्मेदवार तय हुने जनाइएको छ ।  

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत पार्टीले गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्