स्कुटरमाथि रुख ढल्दा एक युवकको मृत्यु

आइतबार, चैत १८, २०८०
Neuro hospital Nepalgunj

पाल्पा। हावाहुरीले  रुख ढल्दा च्यापिएर एक युवकको मृत्यु भएको छ।

पाल्पाको तानसेन-८ जरेपिपल   शनिबार साँझ वर्षासँगै आएको हावाहुरीले सडकमा गुडिरहेको लु ८१ प ११३६ नम्बरको स्कुटरलाई च्याप्दा स्कुटरमा सवार दुई युवक घाइते भएको प्रहरीले जनाएको छ।

पाल्पा प्रहरीका अनुसार घाइते भएका तानसेन-२ का २० वर्षीय प्रथम शाही र स्कुटरको पछाडी सवार तानसेन-५ का १९ वर्षीय भुवन दर्लामीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएकोमा उपचारका क्रममा दर्लामीको मृत्यु भएको हो।

 

 

 

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्