इलाम-२ मा घण्टी बजाउँदै रास्वपाले गर्यो उम्मेदवारी घोषणा

शनिबार, चैत १७, २०८०
Neuro hospital Nepalgunj

इलाम। इलाम-२ मा घण्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारी घोषणा गरेको छ।

आज दिउँसो प्रतिनिधि सभा क्षेत्र इलाम-२ को उपनिर्वाचनका लागि आज रास्वपाले औपचारिक रुपमा  मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो।

इलाम नगरपालिका- लाँकुरीको चौतारामा रास्वपाले उम्मेदवारी घोषणा गरेको हो। उम्मेदवारी घोषणा कार्यक्रममा सभापति रवि लामिछाने , उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ लगायतका नेता उपस्थित छन् ।

इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचन तोकिएको छ भने चैत २४ गते उम्मेदवारी दर्ताको दिन तोकिएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्