रास्वपाले आज इलाम-२ मा उम्मेदवारी घोषणा गर्दै

शनिबार, चैत १७, २०८०
Neuro hospital Nepalgunj

इलाम। प्रतिनिधि सभा क्षेत्र इलाम-२ को उपनिर्वाचनका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक रुपमा उम्मेदवार घोषणा गर्दैछ।

दिउँसो १ बजे इलाम नगरपालिका- लाँकुरीको चौतारामा रास्वपाले उम्मेदवारी घोषणा गर्न लागेको रास्वपाले जानकारी दिएको छ। उक्त निर्वाचन क्षेत्रबाट रास्वपा बिहीवार मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

उम्मेदवारी घोषणा कार्यक्रममा सभापति रवि लामिछाने , उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ लगायतका नेता सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचन तोकिएको छ भने चैत २४ गते उम्मेदवारी दर्ताको दिन तोकिएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्