अपडेट: त्रिशुलीमा खसेको ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु

शनिबार, चैत १७, २०८०
Neuro hospital Nepalgunj

चितवन । आज बिहान त्रिशुली नदीमा खसेको ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको छ। चितवनको मुग्लिङ-नारायणगढ सडक खण्डबाट  त्रिशुलीमा खसेको ट्याक्सीमा सवार ६ मध्ये ५ को मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार त्रिशुलीमा खसेको बा २ ज ४१९६ नम्बरको ट्याक्सीमा सवार १ बालिका, २ महिला त २ पुरुषको शवलाई सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो। अझै एक बेपत्ता छन्।

काठमाडौंबाट गोरखा जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका-२ शिमलधारबाट उक्त ट्याक्सी त्रिशुलीमा खसेको हो। 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्