गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुलीमा खस्यो

शनिबार, चैत १७, २०८०
Neuro hospital Nepalgunj

चितवन । आज बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खसेको छ। चितवनको  मुग्लिङ-नारायणगढ सडक खण्डबाट ट्याक्सी त्रिशुलीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

इलाका प्रहरी मुग्लिङले दिएको जानकारी अनुसार त्रिशुलीमा खसेको बा २ ज ४१ नम्बरको ट्याक्सीमा सवार १ जनाको मृत्यु भएको र ४ जना हराइरहेका छन् ।

ट्याक्सी इच्छाकामना गाउँपालिका-२ शिमलधारबाट त्रिशुलीमा खसेको हो। अहिले बेपत्ता भएकाहरुको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्