राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

शुक्रबार, चैत १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ। बिहिवार  उपाध्यक्ष अर्यालले  दिएको राजीनामालाई आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष स्वीकृत गरेका हुन् ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृसमेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा यसअघि एमालेको दाबी रहे पनि एकीकृत समाजवादीले दाबी गरेपछि एमालेले छोडेको थियो । अर्यालले अध्यक्ष हुने चाहना राखेको भए पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाइ नारायणलाई अध्यक्ष बनाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्