एसईईमा नेपालीको प्रश्न पत्र बाहिरिएपछि....

शुक्रबार, चैत १६, २०८०

सिराहा । सिराहामा आजको एसईई परीक्षाको प्रश्न पत्र बाहिरिएको छ। आजको एसईई परीक्षा सुरु भएको केहि बेरमै नेपालीको प्रश्न पत्र बाहिरिएको हो। बाहिरिएको केही बेरमै नेपाली विषयको प्रश्न पत्र बजारका विभिन्न स्थानमा उपलब्ध भएको हो।

गोलबजार नगरपालिका ८ स्थित श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरुले समाजिक संजाल ह्वाटस्एपमार्फत परीक्षा शुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरि पठाएका हुन्।

यस परीक्षा केन्द्रमा ४ वटा निजी विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायीक विद्यालय श्री जनता माध्यमीक विध्यालय डण्डाको परिक्षा केन्द्र रहेको छ । 

त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय (प्राविधिक) परिक्षा केन्द्रबाट मोवाइल सहित एकजना छात्रालाई नियन्त्रनमा लिएको छ। सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय ,बल्हीका एकजना विद्यार्थीले परिक्षाहल भित्र मोवाईलबाट प्रश्नपत्र वाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो । 

शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एकजना जना नक्कली विद्यार्थी फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) संतोष अचार्यले जनाएको छ। उनले, ‘नक्कली परीक्षर्थी बनी परीक्षा दिइरहेको अवस्थामा स्थानीय अर्जुन महरालाई नियन्त्रणमा लिएको बताए । 

उनले भने, ‘माध्यमिक शिक्षा परीक्षा (एसईई)को आज दोस्रो दिन जिल्लाका ४ वटा परीक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोबाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परिक्षा केन्द्र वाहिर निकालिएको छ। भन्ने, श्री लनकौ मा.वि.नहरा रिगौलबाट परिक्षाहलमा आत्याधिक मोवाईल फेला परेपछि दुई जना गार्डलाई बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख अचार्यले जनाएको छ।’ 

जिल्लाभरीमा ४३ वटा परिक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना शसस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। ६ सय दुईजना प्रहरीलाई परीक्षा केन्द्र र १ सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी अचार्यले जनाएको छ। 

सयौँको संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रश्नपत्र बाहिरिनुले परीक्षा केन्द्रका केन्द्राध्यक्ष लगायतका सरोकारवाला निकायको मिलोमतो रहेको पुष्टि हुन्छ। 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निर्भिकताका साथ प्रश्न पत्र बाहिर ल्याई चिट चोरी गराउन नियामक निकायलाई १० लाख रुपैयाँ दिएको नाम नखोल्ने शर्तमा एक निजी विद्यालयका संचालकले बताएको छ । उनले भने, ‘निजी विद्यालयहरुले पायक पर्ने ठाउँमा परीक्षा केन्द्र पार्नदेखि निर्भिक चिटचोरी गर्नदिने सहमतिमा उक्त रकम दिइएको हो ।’ 

जिल्लाका सबै निजी विद्यालयहरुले परीक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईको अधिकारी लगायतका सरोकारवाला निकायहरुलाई सेटिङ मिलाउन मोटो रकमको चलखेल गरेको जानकारहरु बताउँछन् । निजी विद्यालयहरुले विद्यार्थीसँग सरोकारवाला निकायहरुलाई मिलाउन र परीक्षा केन्द्रमा सेटिङ गर्न ३ हजारदेखि पाँच हजारसम्म असुली गरेको उनीहरुको भनाइ छ ।

उक्त प्रश्न पत्र केन्द्राध्यक्षसहित गार्डहरुकै मिलेमतोमा नेपालीको प्रश्न पत्र परीक्षा हल बाहिर निकालिएको समेत बताइएको छ। त्यसपछि फोटो खिचेर मेसेन्जर लगायतका सामाजिक सन्जालमा पठाइएको थियो

चिट चोराउने गिरोहको हातहातमा प्रश्न पत्र उपलब्ध रहेको बताइएको छ। 

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्