कपिलवस्तुमा जनताका गुनासो सुन्दै गगन थापा

शुक्रबार, चैत १६, २०८०
Neuro hospital Nepalgunj

कपिलवस्तु । 'संवाद यात्रा' मा रहेका  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपिलवस्तुमा स्थानीय जनताहरुका गुनासो सुनेका छन् । गुनासो सुन्दै महामन्त्री थापाले फेरि कांग्रेस सरकारमा पुग्ने बताएका छन् ।

सरकार चलाउनेहरु नै कांग्रेस खोज्दै आउने महामन्त्री थापाले बताए। बिहीबारदेखि शुरु भएको दोस्रो चरणको संवाद यात्राको दोस्रो दिन लुम्बिनी पुगेर महामन्त्री थापाले स्थानीयको गुनासो सुनेका हुन् । 

स्थानीय लुम्बिनी क्षेत्र भित्रमा बनेका मनास्ट्रिहरुले दशकौँ देखि मन्दिर भित्रै पर्यटकहरू  बसालेर आफ्नो व्यवसाय चौपट पारेको गुनासो गरेका छन् । 

व्यवसयीहरुले गरि खान नदिएको भन्दै 'गरि खान देऊ' भन्ने नारासहित धर्नामा बसेको थिए ।   महाकाली यात्राका क्रममा रहेका मा महामन्त्री थापाले आफुले यस समस्याको समाधानका लागि पहल गर्ने बताए । 

उनले यसलाई गैर धार्मिक विषय भएको भन्दै आफू काठमाडौँ फर्केपछि प्रधानमन्त्रीसहित मन्त्रालयसँग कुरा राख्ने बताए ।  

संघीय संसदको पर्यटन समितिमा निवेदन दिन र सो विषयमा छलफल हुने व्यवस्था मिलाउने गगनले बताए । साथै समितिबाटै सो विषय टुङ्गिने आश्वास दिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्